बिपी प्रतिष्ठानमा अख्तियारको छापा,कागजपत्र नियन्त्रणमा

फिल्को मिसन

२०७८ श्रावण,२८ बिहीबार
धराना । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले छापा मारेको छ।
स्वास्थ्य उपकरण खरिद, लगायतका विषयमा अनियमितता भएको समाचार सार्वजनिक भएपछि अख्तियारको केन्द्रीय कार्यालय र इटहरी कार्यालयको टोली बिहीबार प्रतिष्ठानमा छापा मारेको हो ।
अख्तियार स्रोतका अनुसार अख्तियारको काठमाडौं र इटहरीस्थित कार्यालयको संयुक्त टोलीले प्रतिष्ठानमा छापा मारेर कागजातहरु नियन्त्रणमा लिएको छ । खरीद सम्बन्धि कागजातहरु नियन्त्रणमा लिएको अख्तियार दावि रहेका छन ।
एसएसपी टेकबहादुर तामाङको नेतृत्वमा आएको टोलीले बिहीबार आवश्यक कागजपत्र नियन्त्रणमा लिएको छ । पूर्वउपकुलपति डा. बिपी दास, डा. राजकुमार रौनियार, हालका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलगायतका दर्जनौँ भ्रष्टाचारका मुद्दा अख्तियारमा विचाराधीन छन्। लेखा, प्रशासन, स्टोर शाखाबाट आवश्यक कागज नियन्त्रणमा लिइएको एसएसपी तामाङले बताउनु भयो । काठमाडौं टंगालस्थित कार्यालय र क्षेत्रीय कार्यालयमा पटकपटक उजुरी परेकाले अनुसन्धानका लागि स्थगत रुपमा टोली गएको छ ।

प्रतिक्रिया दिनुहोस