सात महिनाका लागि लुम्बिनीमा मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

फिल्को मिसन

२०७८ श्रावण,२८ बिहीबार
रुपेदेहि । लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका ४२ सांसदको समर्थनमा केसी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८(२) बमोजिम सरकारमा माग दाबी गर्न गरेको आह्वानमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता केसीले चार दलको समर्थनमा मागदाबी गरेका थिए । प्रदेश प्रमुख शेरचनले दिएको समय अवधिसम्म केसीको मात्र मागदाबी परेपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा केसीलाई नियुक्त गरेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएका केसीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्छ । केसीले आउँदो २ फागुनसम्म लुम्बिनी प्रदेशको नेतृत्व सम्माल्ने गरी नेपाली कांग्रेससँग सहमति भएको छ । सहमतिअनुसार २ फागुनपछि ८ महिना कांग्रेसका संसदीय दलका नेता वीरेन्द्र कानौडिया मुख्यमन्त्री बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस