रेलको सम्झौता रद्द गर्ने चेतावनी भारतले दियो

फिल्को मिसन

२०७८ श्रावण,२८ बिहीबार

काठमाण्डौं । भारत संग नेपालले सम्झौताअनुसार २० प्रतिशत अग्रिम भुक्तानी उपलब्ध नगराएको भन्दै सम्झौता रद्द गर्ने भारतले चेतावनी दिएको छ ।
सरकारले २ वटा रेल खरिद गर्ने निर्णय अनुसार कोनकाँणले दुईवटा रेलको डेमो २०२० सेप्टेम्बरमा पठाएको थियो । कोनकाँण कम्पनीले दुईवर्षअघि नै रेल सेवा संचालनका लागि प्रस्ताव पठाएको थियो । नेपालले भारतीय कम्पनीसँग सन् २०२१ मे २४ मा रेलसेवा संचालन गर्न सम्झौता गरेको थियो ।सम्झौताअनुसार रेल चलाउन ट्रयाक पनि तयार भएको छ । तर रेल भित्रिएको एकवर्षसम्म पनि नेपालले रेल नचलाएपछि कोनकण कम्पनीले रेलसेवा संचालन गर्न ताकेता गरेको हो । रेलवे कम्पनीका महाप्रबन्धकबाट गुरु भट्टराईले हालै राजीनामा दिएपछि अहिले रिक्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस