सहुलियतको चामलमा अनियमितता गर्नेलाई कारबाहीको माग

फिल्को मिसन

२०७८ श्रावण २९गते शुक्रबार
सिमकोट । हुम्ली जनतालाई लकडाउनको अवधिमा २० प्रतिशत छुटमा सहुलियत चामलमा माथि कर्मचारीले अनियमितता गरेको भन्देै कारबाही गरेका छन । सरकारले लकडाउनका वेला हुम्लाको सिमकोट गाउँपालिकाका जनतालाई खाद्यान्नमा २० प्रतिशत सहुलियत दिने निर्णय गरेको थियो । तर, खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाकाका कर्मचारीबाटै मिलेमतोमा अनियमितता भएको भन्दै प्रमुख जिल्ला अधिकारी गणेश शर्मासमक्ष कार्वाहीको माग गरेको छन ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाका प्रमुख निर्मल थापा र सुब्बा भरत अधिकारीको मिलेमतोमा अनियमितता भएको समाचार प्रकाशित भएुसंगै नेकपा माओवादी केन्द्र पार्टीका भातृत्व संगठन बाईशिएल र अखिल (क्रान्तिकारी ) हुम्लाद्वारा सत्यतथ्य छानबिन गरी कारबाही गर्नुपर्ने ज्ञापनपत्र बुझाएका छन । चामलमा अनियमितता भएको समाचार पत्रिकामा आएपछि मात्रै आफुलाई थाहा पाएका छु ,सम्बन्धित निकाया संग बुझने काम भइरहेको र यसको सत्यतथ्य बुझेर छानबिन गर्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताउनु भयो ।
   १० लाख रुपैयाँ घोटाला
नेपाल सरकारले निषेधाज्ञा गरेको अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनको चामल, पिठो, दाल, नुन, चिनी खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिने निर्णय गरेको थियो । तर, खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुम्ला शाखा कर्मचारीले २० प्रतिशत छुटमा बिक्री नगरी पुरानै मूल्यमा बिक्री गरेको खुलासा भएको छ । हुम्लाको सिमकोट गाउँपालि १ वडा देखि ८वडासम्ममा जनता लाई दिएको लकडाउनको अवधिमा २० प्रतिशत सहुलियत दरको चामलमा कर्मचारीले अनियमियता गरेका छन ।

खाद्य कम्पनीले ३० केजी बोराको अरुवा मोटा चामल १हजार ७ सय ४० रुपैयाँमा बेच्ने गरेको छ । त्यसमा २० प्रतिशत छुट दिँदा प्रतिबोरा १हजार ३ सय ९२ रुपैयाँमा बिक्री गर्नुपर्नेमा खाद्य कम्पनीका कर्मचारीले पूरै मूल्यमा बेचेको पाइएको खुलास भएको छ । यसरी बेच्दा प्रतिबोरा ३ सय ४८ रुपैयाँ उनीहरूले अनियमितता गरेको पाइएको हो । प्रतिबोरा ३ सय ४८ रुपैयाँ बढी लिँदा झन्डै १० लाख रुपैयाँ घोटाला भएको देखिन्छ ।

निषेधाज्ञाको समय सिमकोट २का गज बोहराले प्रतिबोरा १७ सय ४० रुपैया तिरेर खरिद गरेको बताउनु भयो । तर, खाद्य कम्पनीका कर्मचारीले भने असारमा ९ सय १७ क्विन्टल चामल सिमकोट गाउँपालिका १ देखि ८वडा सम्ममा ३ हजार ५८ घरपरिवारलाई २० प्रतिशत छुटमा बिक्री वितरण गरेको तथ्यांक राखेका छ । पुरानै मूल्य प्रतिक्विन्टल ५हजार ८ सय पर्ने चामल २० प्रतिशत छुट दिँदा ४हजार ६ सय ४० रुपैयाँ पर्छ । तर, जनतालाई भने प्रतिक्विन्टल १हजार १ सय रुपैयाँ बढी लिएर पुरानै मूल्यमा बिक्री गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुम्ला शाखा सुब्बा भरत अधिकारीले खरिदकर्ताको कुनै प्रमाण नराखी पुरानो रासनकार्डको फाइलकै आधारमा चामल बिक्री गरेको बताए । प्रतिघर परिवार पाँचजनाको परिवारलाई ३० केजी चामलको २० प्रतिशत छुट दिएको बताएका छन।
रासनकार्डको आधारबाट २० प्रतिशत छुट दिएको उनको भनाइ छ । तर, सिमकोट गाउँपालिकाका जनप्रतिनिधि निषेधाज्ञा अवधिमा २० प्रतिशतका दरले जनतालाई चामलमा छुट दिइएको विषयमा जानकार छैन । तर खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुम्ला शाखाका प्रमुख निर्मल थापाले पनि कर्मचारी कम भएकाले सबैको कागजात राख्न नसकिएको बताए ।

प्रतिक्रिया दिनुहोस