प्रहरीद्धारा हुम्लामा ५ केजी यार्चागुम्बा बरामद

फिल्को मिसन

२०७८ श्रावण २९गते शुक्रबार
सिमकोट । हुम्लाले सिमकोट विमानस्थलमा नेपालगञ्जबाट आएको पाँच केजी यार्चागुम्बा करामद गरेको छ । आज विहान नेपालगञ्जबाट तारा एयरको विमानबाट आएको यार्चागुम्बा बरामद गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक हेरम्बा शर्माले बताए ।
विमानस्थलमा प्रहरीले नियमीत चेकजाच गर्ने क्रममा विना पूर्जीको पाँच केजी ल्याएको भेटाएपनि आजै जिल्ला डिभिजन वन हुम्लामा पठाएको प्रहरी प्रमुख शर्माले बताए ।
डिभिजन वन कार्यालय बझाङ्ले दुई केजीको छुट पूर्जि दिएको भएपनि ३१ वर्षका नुर्वु तामाङले तीन केजी विना पुर्जिको सामान डिजिटल तराजुबाट तौल जाँच गर्नेक्रममा भेटिका प्रहरीले बताएको छ ।तर र्यार्चा व्यापरी तामाङले भने ‘आफुले राजश्व कर डिभिजन वन कार्यालय बझाङ्लाई तिरेको पुर्जि हुँदा हुँदै पनि एकासी प्रहरीले चेकजाँचका क्रममा प्रहरीले अवैध भनेर समातेको बताए ।
तामाङले राजश्व तिरेको पुर्जि भन्दा बढी यार्चागुम्बा ल्याएको हुनाले प्रहरीले यार्चा सहित तामाङलाई नियन्त्रणमा लिएर जिल्ला डिविजन वन कार्यालय हुम्लाको जिम्बा लगाएको छ । डिभिजन वन कार्यालय हुम्लाका निमित कार्यालय प्रमुख लोकजन शाही भने प्रहरीले बरामद गरिएको यार्चा वन कार्यालयमा बुझाएको बताउनु भयो । डिभिजन वन कार्यालय बझाङ्बाट ल्याएको पुर्जिको बारेमा आवश्यक बुझेर आउँदो आइतबार छलफल हुने निमित कार्यालय प्रमुख शाहीले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस