अफगानिस्तानका १ करोड ८४ लाख नागरिकलाई मानवीय सहायतको खाँचोः राष्ट्र संघ

फिल्को मिसन

२०७८ श्रावण ३०गते शनिबार
एजेन्सी । संयुक्त राष्ट्र संघले अफगानिस्तानका झन्डै १ करोड ८४ लाख नागरिकलाई मानवीय सहायताको खाँचो रहेको बताएको छ । संघले अफगानिस्तानका राहत कर्मीहरूले झण्डै चार करोड जनसङ्ख्यामध्ये एक करोड ८४ लाख जनसङ्ख्यालाई मानवीय सहयोगको आवश्यकता पर्नसक्ने बताएको छ । देशभरि लडाइँ फैलिँदै जाँदा एक करोड ८४ लाख मानिसलाई मानवीय आवश्यकता पर्नसक्ने मूल्याङ्कन गरिएको राष्ट्रसंघका मानवीय सहयोग मामिला अधिकारीले बताएका हुन् । संयुक्त राष्ट्रसंघको मानवीय मामिलासम्बन्धी समन्वय कार्यालय (ओसिएचए) ले द्वन्द्व र अन्य खतराहरूबाट सुरक्षाको खोजीमा धेरै मानिसहरू काबुल र अन्य ठूला सहरहरूमा आइपुगेको बताएको छ । यसैबीच, तालिबानले अफगानिस्तानको ३८ प्रान्तमध्ये १८ राज्यमाथि कब्जा गरिसकेको छ । तालिबानले विभिन्न प्रान्तीय राजधानी कब्जा गरेपछि त्यस क्षेत्रका नागरिकहरु राजधानी काबुल पुगेको छ । विभिन्न राज्यका शरणार्थीले राजधानी काबुल भरिएपछि संघले अफगानिस्तानसँग सीमा जोडिएका मुलुकलाई सीमानाका खुला राख्न आग्रह गरेको छ । अफगानिस्तानको राजधानी काबुल पुग्न अब तालिबानलाई २ घन्टाको समय मात्रै लाग्ने भएकाले शरणार्थीसहित त्यहाँ बसोबास गर्नेहरुमा त्रास उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस