जुम्लामा पहिरोले बगाएर एकै घरका तीन जनाको मृत्यु

फिल्को मिसन

२०७८ श्रावण ३०गते शनिबार
जुम्लां । जुम्लामा बाढीले बगाएर एकै परिवारका तीन जनाको मृत्यू भएको छ ।
जुम्ला तातोपानी गाउँपालिका वडा नम्बर ७ का एक बालक सहित ३ जनाको सेतकचिनी कोरेर घर फर्किने क्रममा निधन भएकोे छ ।
जुम्ला तातोपानी गाउँपालिका ७ ताम्ती गाउँका तीन जनालाई बाढी पहिरोले बगाएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी दान बहादर थापाका अनुसार मृत्यु हुनेमा ६० बर्षिय बिर्ख बहादर रावत, ३५ बर्षिय जैसरी रावत र उहाँका १० बर्षका छोरा सन्देश रावत रहेको जानकारी दिनु भयो । पाटनमा पाहिने सेतो चिनी कोरेर पाटन बाट घर फर्किने समयमा ताम्तीको घट्टे खोला तर्ने क्रममा माथि बाट आएको बाढी र पहिरोले बगाएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनु भयो । उहाँका अनुसार बाढी आएर पानी थुनिएको र खोला तर्ने बेला थुनिएको बाढी फुटेर बगाएको हो । मुचुल्का गरेर मृतक तिनै जनाको दाह सस्कार गरिएको छ । दुई साता अघि जुम्ला पातारासीको छुमचौरमा समेत बाढी आएर घट्ट गएकी एक अपांगता भएका महिलाको बाढी पहिरोले बगाएर ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस