आज बिहाना माओवादी स्थायी समितिको बैठक

फिल्को मिसन

२०७८श्रावण,३१ आइतबार
काठमाडौं । सत्ता गठबन्धनमध्येको दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिस डाँडामा सुरु भएको छ ।
बैठकमा हिजो बसेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । आजको स्थायी समिति बैठकमा पार्टीको विधान र नेताहरुको कार्यविभाजनबारे पनि छलफल हुने केन्द्रीय सदस्य राजकाजी गुरुङ करणले जानकारी दिए ।
हिजोदेखि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको राजनीतिक प्रस्ताव पेस गर्नुभएको थियो । उक्त प्रस्तावमा आज समूहगत छलफल गरिने नेता शर्माले जानकारी दिनुभयो । प्रचण्डको प्रस्तावमा वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजाने भनिएको छ भने आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने उल्लेख छ । यही भदौ मसान्तभित्र माओवादी केन्द्रले देशैभरि पार्टी सदस्यता वितरण एवं नवीकरणको काम सम्पन्न गर्ने पनि प्रस्तावमा उल्लेख छ । मङ्सिर १५ मा सातै प्रदेशको अधिवेशन सम्पन्न गरेपछि माओ दिवसको दिन पारेर पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने अध्यक्ष प्रचण्डको प्रस्ताव छ । शनिवारको बैठकमा समूहगत छलफलका लागि ८ वटा समूह बनाइएका छन् ।

प्रतिक्रिया दिनुहोस