तातोपानी नाकाबाट व्यापार सहज बनाउन माग

फिल्को मिसन

२०७८श्रावण,३१ आइतबार
काठमाडौं । चीनसँगको सीमा जोडिएको तातोपानी नाकाबाट व्यापार सहज बनाउन व्यवसायीहरुले माग गरेका छन् ।
हिजो प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै तातोपानी नाका पूर्ण रुपले सञ्चालनमा ल्याउनु पर्ने उनीहरुले माग गरेका हुन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र नेपाल हिमालय सीमापार वाणिज्य संघले एक ज्ञापन पत्र बुझाउँदै नाका पूर्ण रुपले सञ्चालनका लागि माग गरिएको हो। विपदले निकै समस्या रहेको र नाका सञ्चालन नहुँदा व्यवसायीलगायतलाई समस्या परेको भन्दै नेपाल चीनबीचको व्यापारिक कारोबार अगाडि बढाउन पहल गरिदिन प्रधानमन्त्री देउवासमक्ष व्यापारीहरुले माग गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटार पुगेर बधाई ज्ञापन गर्दै राजस्व सङ्कलनमा उल्लेख्य योगदान गर्ने नाका पूर्ण रुपले सञ्चालन हुनुपर्ने माग राखिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वेदबहादुर श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस