भारतमा आज ७५ औँ स्वतन्त्रता दिवस मनाइँदै

फिल्को मिसन

२०७८श्रावण,३१ आइतबार
एजेन्सी । भारतमा आज ७५ औँ स्वतन्त्रता दिवस मनाइँदै छ । दिवसको अवसरमा आज भारतको राजधानीमा विशेष समारोहको आयोजना गरिएको छ ।
समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीको लाल किल्लामा भारतीय झन्डा लहराउने र ओलम्पिक खेलमा जितेर आएका खेलाडीहरुको सम्मान र स्वागत गर्नुहुनेछ । कोरोना महामारीलाई ध्यानमा राखेर यस वर्षको समारोहको आयोजना गरिएको बताएको छ ।
दिवसको अवसरमा राजधानी दिल्लीको सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । लाल किल्लामा प्रधानमन्त्री मोदीसँगै रक्षा मन्त्री राजनाथ सिंह, रक्षा राज्य मन्त्री अजय भट्ट र रक्षा सचिव अजय कुमार पनि सहभागि हुनेछन् ।

प्रतिक्रिया दिनुहोस