राजधानी काबुल कब्जा गर्ने तयारीमा तालिबान लडाकु

फिल्को मिसन

२०७८श्रावण,३१ आइतबार
एजेन्सी । तालिबान लडाकुले अफगानिस्तानको आधाभन्दा बढी प्रान्तीय राजधानीमाथि कब्जा गरेको छ ।
३८ प्रान्तीय राजधानीमध्ये हिजोसम्म तालिबानले २० राजधानीमाथि कब्जा गरिसकेको छ । अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गरेपछि तालिबानले आक्रमण सुरु गरेको हो । अफगानिस्तानको राजधानी काबुल कब्जा गर्ने तालिबानले तयारी गरेपछि त्यहाँ रहेका विभिन्न देशका दूताबासहरु खालि गराइँदैछ ।
तालिबान लडाकु काबुलबाट मात्रै ३ सय किलोमिटरको दुरीमा रहेको छ । कुनैपनि समय उनीहरुले राजधानी काबुललाई नियन्त्रणमा निल सक्ने भएकाले मानिसहरु त्रसित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस