प्रिमियर लिग लिभपुलसहित यी क्लबको विजयी सुरुवात

फिल्को मिसन

२०७८श्रावण,३१ आइतबार
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले विजयी सुरुवात गरेको छ ।
गएराति भएको खेलमा नर्विच सिटीलाई ३–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले सुखद सुरुवात गरेको हो । लेष्टर सिटीले पनि लिगमा विजयी सुरुवात गरेको छ । हिजो भएको खेलमा उल्भ्सलाई १–० गोल अन्तरले पराजित गर्दै लेष्टरले विजयी सुरुवात गरेको हो ।
हिजै भएको खेलमा चेल्सीले जित हात पारेको छ । क्रिस्टल प्यालेसलाई ३–० गोल अन्तरले पराजित गर्दै चेल्सीले नयाँ सिजनको सुखद सुरुवात गरेको हो । यस्तै एभर्टनले साउथह्याम्पटनलाई ३–१ गोल अन्तरले पराजित गर्दै जित हात पारेको छ । घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर एभर्टनले जित निकालेको हो । म्यानचेस्टर युनाईटेडले लिड्स युनाईटेडलाई ५–१ गोल अन्तरले पराजित गर्दै जित हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस