इलाका प्रशासन कार्यालय सर्केगाढबाट ६बर्ष पछि पाए नागरिकता

२०७८ श्रावण,३१ आइतबार
सिमकोट । हुम्लाको दक्षिण क्षेत्रमा रहेको इलाका प्रशान कार्यालय सर्केगाढबाट स्थानीय नागरिकले नागरिकता पाएका छन । हुम्लाको मध्ये क्षेत्रमा २०७३ साल असार ३०गतेमा स्थापना भएको ईलाका प्रशासन कार्यालय छ बर्षपछि आधिकारी रुपमा कार्यालयले आज आाईतबार साउन ३१ गते नागरिकता दिएको छ ।
चार वटा गाउँपालिका वासिन्दालाई प्रशासनिक सेवा सुविधा सहज रुपमा प्रदानहोस भन्ने उद्देश्यले गृह मन्त्रालयको निर्णाय अनुसार निजामती सेवा ऐन २०४९को दफा १३बमोजिम कार्यालय प्रमुख उपस्थित नभए सम्मको लागि ६महिनाको का.मु. शाखा अधिकृतको जिम्मा नायब सुुब्बा भीम बहादुर रोकाया दिएकोे छ । नागरिकता र अन्य शिफारीस लिनको लागि ३दिन हिडेर सदुरमुकाम सिमकोटमा जानुपर्ने बाध्याता रहेकोमा अब देखि सर्केगाढमै नागरिकता पाएको खुशी व्यक्त गर्दे नयाँ नागरिकता लिएकी चंखेली गाउँपालिका ४ निवासी मनिशा रावलले बताईन ।
का मु शाखा अधिकृत रोकायाले आजै पदम समालेपछि आजै ५जना सेवाग्राहीको नागकिरता बनाएको जनाकारी दिनुभयो । स्थानीय जनतालाई घर दैलोमै छिटो छरितो र पारदर्शी ढंगमा प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यले जिल्लाको मध्यवर्ती क्षेत्रमा इलाका प्रशासन स्थापना भएको का मु शाखा अधिकृत रोकायाले बताए ।
नागरिकताका पनि सवै श्रेस्ता उपलब्ध नगराईदिदा प्रतिलिपि लिन नयाँ बनाउनको लागि सदरमुकाम नै धाउनु पर्ने बाध्यता हटेको छ।
स्रेस्ता इलाकामा र हाकिमको सही छाप गर्न जिल्ला प्रशासन कार्यालय सिमकोटमा धाउनु पर्ने भएकोले अब देखि नागरिकता, सिफारिस, राहदानीका अन्य शिफारीसको लागि अब देखि ईलाका प्रशासन कार्यालयमा सेवा लिन पाउने भएका छन ।
श्रेस्ता,नागरिकता,राहदानी फारम,सिफारिस लगाएतका ठेलीबोकेर कार्यालय सहयोगी भरमा सदमुकाम सिमकोटमा दुई दिन लगाएर धाउनु पर्ने अबदेखि समस्या हल भएको छ ।