क्रियाशील सदस्यता विवाद टुंग्याउने कांग्रेसका तीन नेताले पाए जिम्मा

फिल्को मिसन

२०७८ श्रावण,३१ आइतबार
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन पारित गरेको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले समिति संयोजक रमेश लेखकद्वारा बैठकमा प्रस्तुत प्रतिवेदन पारित गरेको हो ।
उक्त प्रतिवेदनमा उल्लेखित निणंय गर्न बाँकी रहेको कार्य सम्पन्न गर्न तीन नेतालाई जिम्मा दिइएको छ । बैठकले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजाल र रमेश लेखकलाई भदौ ३ गतेको म्यान्डेट दिएको हो । कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र रमेश लेखकलाई विवाद टुंग्याउने जिम्मेवारी दिइएको प्रवक्ता शर्माले बताए । उनीहरुलाई तीन दिनको समय दिइएको छ ।

लेखक संयोजक रहेको सदस्यता छानविन समितिले साउन १२ गते नै पार्टी सभापति देउवालाई प्रतिवेदन बुझाएको थियो । समितिले बारा र सप्तरीको सदस्यता फाइल नै खोलेन भने धनुषा–४, सर्लाही–२, सिन्धुपाल्चोक, रसुवा, कैलालीको टिकापुरलगायतमा देखिएको सदस्यता विवाद मिलाउने जिम्मा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीलाई दिइएको थियो ।
भदा २ गतेभित्र सहमतिमा टुंगो लगाई भदौ ३ गते सभापति शेरबहादुर देउवालाई बझाउन भनेको छ । समितिले बाँकी विवाद नेतृत्व तहमा टुंग्याउने गरी साउन १२ गते छानबिन समितिको प्रतिवेदनमा बुझाएको थियो ।

उक्त विवाद टुंग्याउन सभापति देउवाको नेतृत्वमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, सहमहामन्त्री प्रकाशशरण महत र डा.मिनेन्द्र रिजाल सम्मिलित उच्चस्तरीय समिति बनाएर छलफल पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस