माओवादी केन्द्रको जिल्ला समितिहरू खारेज निर्णय
२०७८ श्रावण,३१ आइतबार
काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)ले आफ्नो जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार सम्पन्न केन्द्रीय समितित बैठकले जिल्ला समिति खारेज गरेको हो । प्रवक्ता श्रेष्ठले भने, ‘अहिलेसम्मका जिल्ला समितिहरू खारेज गरिएको छ। अब जिल्ला समन्वय समितिहरू रहनेछन् ।’
नेकपा माओवादीको प्रस्तावित विधानमा उल्लेख गरिएको उपमहासचिव पद खारेज हुने भएको छ । साथै कोषाध्यक्ष पद थपिने भएको छ । माओवादीका केन्द्रीय पदाधिकारीहरूमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहनेछन् । प्रदेश र तल्ला कमिटीहरूमा भने अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष रहने छ । हिजोको बैठकमा प्रस्तुत ग
रिएको विधान संशोधन प्रस्तावमा उपमहासचिव पनि रहने प्रावधान थियो । तर, आज बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा माओवादी नेता देव गुरुङले उपमहासचिव पद हट्ने र कोषाध्यक्ष पद थप गरिने जानकारी दिनुभयो । नेकपाकै पालाको विधानमा टेकेर कार्यदलले विधानको मस्यौदा बनाएको हुनाले उपमहासचिव लगायतका पद रहन गएको बताउँदै गुरुङले त्यसलाई सच्याउने बताउनुभयो ।