धमिलो पानी पिउन बाध्य छन् तुम्कोटवासी (फोटो फिचर)

फिल्को मिसन

२०७८ श्रावण ३२ गते सोमबार
हुम्ला । हुम्लाको नाम्खा गापा–५ तुम्कोटगाउँका महिलाहरु एक घण्टा हिडेर कर्णाली नदिको धमिलो पानी पिउन बाध्य भएका छन । तुम्कोटगाउँ नजिकैको रहेको खोलामा निर्माण भएको फुईसिङ खानेपानी योजना भारि बर्षाले बाढिपहिरोले बगाएपछि खोलाको फोहोर पानी लिन घण्टौ लागेको मिधी लामाले बताईन । कर्णाली नदीको किनारमा रहेको बस्तीमा बसोबास गर्ने बासिन्दाहरू यतिबेला धमिलो पानी पिउन बाध्य छन् । वर्षातले नदीको पानी धमिलो हुन्छ । पानीको विकल्प नभएपछि फोहर धमिलोे पानी पिउनु परेको लामले बताउनु भयो ।


वर्षातमा कर्णाली नदीको पानी पिउन योग्य छैन । विकल्प नहुँद तुम्कोटबासीहरु नदीको पानी पिउन बाध्य भएको मिधी लामाले बताइन ।
पुस्तोैपस्ता नजिकै रहेको खोलाको पानी खाँदै आइरहेता पनि उक्त खोलाको पानी लाई ग्रामिण जलश्रोत आयोजनाले तुम्कोट बासी लाई प्रत्येक टोलमा पानीको धारा निमार्ण गरेको ७ महिना नपुग्दै बाढीपहिरोले नै निमार्ण गरिएका पुरै संरचना भत्काई खोलाले बगाएको बताए ।
भौगोलित विकटता कारण दुर्गम तुम्कोट गाउँ जिल्लाकै पछाडि परेको गाउँमा तामाङ जातीको मात्र बसोबास रहेको छ ।
खानेपानीकै अभावले गाउँमा सरसफाईको अवस्था अत्यन्तै दहनीय छ । धमिलो पानीको प्रयोगको कारण स्थानीयवासीमा झाडापखाला, एलर्जी, टाइफाइड, निमोनिया जस्ता रोग लाग्ने सम्भावाना रहेको छ ।

प्रतिक्रिया दिनुहोस