नेपालले पपुवा न्यूगिनीसँग दुई खेलको एक दिवसीय सिरिज खेल्ने

फिल्को मिसन

२०७८ श्रावण ३२ गते सोमबार
काठमाण्डौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले पपुवा न्युगिनी (पीएनजी) सँग दुई खेलको एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आज नेपाली टोलीले ओमानमा पीएनजीसँग दुई एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्ने जनाएको छ । नेपालले पीएनजीसँग पहिलो खेल सेप्टेम्बर ५ र दोस्रो खेल सेप्टेम्बर ८ (भदौ २० र २३) मा खेल्ने क्यानले जनाएको हो । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग खेल्न लागेको हो । लिग–२ अन्तर्गत नेपालले सेप्टेम्बरमा ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । सिरिजका लागि नेपालले प्रशिक्षण सुरु गरिसकेको छ । क्यानले सिरिजका लागि १९ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ । ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमल सिंह ऐरी, अविनाश बोहरा, शाहब आलम, शुशन भारी, शरद भेषवाकर, बिक्रम शोब, पवन सर्राफ, रोहित कुमार लगायत बन्द प्रशिक्षणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस