संसदको चालु अधिवेशन अन्त्य 

फिल्को मिसन

२०७८ श्रावण ३२ गते सोमबार
काठमाण्डोंैं । संसदको चालु अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन अन्त्य गर्नुभएको हो ।
आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिले संसद अन्त्य गरेको पत्र पढेर सुनाउनुभयो । चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुनेछ । सर्वोच्च अदालतले २८ असारमा पुर्नस्थापना गरेको संसदको पहिलो बैठक ३ साउनमा बसेको थियो । त्यही दिन प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पनि लिनुभएको थियो ।
त्यसपछि पनि प्रतिनिधिसभाको बैठक नियमित रुपमा हुँदै आए पनि विधेयक अगाडि बढेको छैन । विघटन बदर भएपछि पहिलो पटक साउन ३ गते बसेको प्रतिनिधिसभाको बैठकमा सरकारले बजेटलगायतका अध्यादेश पेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस