अध्यादेश प्रति नेकपा एमालेको आपत्ति

फिल्को मिसन

२०७८ भाद्र १ गते मंगलबार
काठमाण्डौं । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको प्रति नेकपा एमालेले आपत्ति जनाएको छ । । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमाले फुटाउन अध्यादेश ल्याउन लागेको भन्दै कार्यकर्तालाई सतर्क हुन अपिल गरेका छन् ।
एमाले अध्यादेश ल्याउने सरकारको योजना निन्दनीय र अस्वीकार्य भएको ठहर गरेको हो । बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सरकारको विभाजनकारी योजनाको आफूहरुको गम्भीर विरोध रहेको बताउनुभयो । उहाँले सरकारको योजनाको खबरदारी गर्दै सशक्त प्रतिवाद गर्ने निर्णय गरेको पनि बताउनुभयो ।
एमालेले एकताको पक्षमा लाग्न पार्टी नेता कार्यकर्तालाई आह्वान समेत गरेको छ । एमालेले केन्द्रीय कमिटीको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा पठाएको छ । एमाले केन्द्रीय कार्यालयले २६० सदस्यीय केन्द्रीय कमिटीको सूची आयोगमा पठाएको हो । नेकपाको एकता खारेज भएसँगै पुनस्र्थापित एमालेमा २६४ जना छन् । उनीहरुमध्ये केहीको मृत्यु भएको र केही राजनीतिक नियुक्तिमा गएकाले २६० जनाको विवरण अध्यावधिक गर्न पठाइएको एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस