माधवकुमार नेपाल सहित १४ सांसद कारबाहीमा

फिल्को मिसन

२०७८ भाद्र १ गते मंगलबार
काठमाण्डौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल सहित १४ सांसदलाई कारबाही गरेको छ । नेकपा एमालेको स्थायी कमिटी बैठकले माधवकुमार नेपाल र झलनाथ खनाल सहितका नेताहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको एक प्रेस वक्तव्यमा जनाइएको छ।
सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलम्बन्धी अध्यादेश ल्याए लगतै ओली पक्षले कारबाही थालेको हो । वरिष्ठ नेता नेपालसँगै मुकुन्द न्यौपोने, रामकुमारी झाक्री, विरोध खतिवडा, मेटमणी चौधरी लगायतलाई कारबाही गरिएको छ ।
यस्तै, जीवनराम श्रेष्ठ, कल्याणी खड्का,लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादवलाइ कारवाही गरेको छ । यस्तै कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङलाइ पनि कारबाहीको लागि सिफरिस गरेको छ ।

   कारवाहीमा परेका सांसदहरु

१. माधव नेपाल
२. जीवनराम श्रेष्ठ
३. मुकुन्द न्यौपाने
४. रामकुमारी झाँक्री
५. कल्याणी खड्का
६. लक्ष्मीकुमारी चौधरी
७. निरादेवी जैरु
८. पुष्पाकुमारी कर्ण
९. सरला यादव
१०. कलिला खातुन
११. विरोध खतिवडा
१२. कृष्णलाल महर्जन
१३. भवानी खापुङ
१४. मेटमणी चौधरी

प्रतिक्रिया दिनुहोस