प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण

फिल्को मिसन

२०७८ भाद्र १ गते मंगलबार
काठमाण्डौं । प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा मिश्रलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज शपथग्रहण गराउनुभएको छ । राष्ट्रपति भण्डारीले संविधानको धारा १६७ बमोजिम मिश्रलाई पद तथा गोपनीयताको शपथ गराएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस