अफगानिस्तानको टिभी च्यानलमा महिलाले लिइन् तालिबानको सदस्यसँग अन्तरवार्ता
२०७८ भाद्र १ गते मंगलबार
एजेन्सी । तालिबानले अफगानिस्तानको राजधानी काबुललाई नियन्त्रणमा लिएपछि महिलामाथि हुने हिंसाबारे चिन्ता बढेको छ। अफगानिस्तानमा महिलाको जीवनमा तालिबान शासनको प्रभावका सम्बन्धमा अन्तरराष्ट्रिय स्तरमा चिन्ता बढेको हो। पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसदेखि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससम्मले महिलाको स्थितिबारे चिन्ता व्यक्त गरेका छन्।
गुटेरेसले मंगलबार ट्वीट गरेका छन्, ‘अफगानिस्तानमा चलिरहेको द्वन्द्वले गम्भीर मानवअधिकार उल्लंघनका रिपोर्टबीच हजारौं मानिस पलायन भएका छन्। त्यहाँ सबै प्रकारका यातना बन्द गर्नैपर्छ। ठूलो संघर्षपछि अन्तरराष्टिय मानवीय कानून र मानव अधिकार कायम गर्न सफलता मिलेको छ। महिला र छात्राको अधिकार संरक्षित हुनुपर्छ।’
यसैबीच, तालिबानका प्रवक्ता सुहेल शाहीनले तालिबान शासनमातहत महिलाको जीवनबारे विश्वका नेताले व्यक्त गरेका चिन्ताको जवाफ दिएका छन्। उनले बिबिसीलाई दिएको अन्तर्वार्तामा भनेका छन् कि आगामी सरकारले महिलालाई काम गर्ने र अध्ययन गर्ने स्वतन्त्रता दिनेछ। बिबिसी संवाददाता याल्दा हकीमसँग कुरा गर्दै शाहीनले तालिबान शासनमा न्यायपालिका, शासन र सामाजिक प्रणालीबारे विस्तृत कुराकानी गरेका छन्।