राष्ट्रपतिद्धारा दल सम्बन्धी अध्यादेश प्रमाणीकरण

फिल्को मिसन

२०७८भदौं,२गते बुधबार
काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले अध्यादेश प्रमाणीकरण भएको जानकारी दिनुभयो । दल विभाजनलाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले हिजो अध्यादेश सिफारिस गरेको थियो । मन्त्रिपरिषदको हिजो बसेको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सक्ने व्यवस्था सहित राष्ट्रपति समक्ष अध्यादेश सिफारिस गर्ने निर्णय गरेको थियो ।
यो निर्णयको सत्ता पक्ष र प्रतिपक्षका नेताहरुबाट विरोध हुँदै आएको छ । २०७७ वैशाख ८मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दल विभाजनलाई सहज हुने अध्यादेश ल्याउनुभएको थियो । त्यसबेला संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत पु¥याएर दल विभाजन गर्न सकिने प्रावधान थियो । तर त्यसको तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रबाट विरोध भयो । पछि अध्यादेश फिर्ता भएको थियो ।

नेकपा एमाले विभाजित
२०७८भदौं,२गते बुधबार
काठमाण्डौं । प्रमुख विपक्षी नेकपा एमाले विभाजित भएको छ । एमाले माधव नेपाल समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने भएको छ । यस्तै चुनाव चिन्ह खुला किताब राख्ने निर्णय भएको एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नुभएको थियो । नयाँ पार्टी निर्माणका लागि अध्यादेशले भने अनुसार न्युनतम २० प्रतिशत तयारी अवस्थामा रहेकोले प्रक्रिया पूरा गर्ने र अरु थप्दै जाने उहाँले बताउनुभयो । आज अध्यादेश जारी भएसँगै काठमाडौंको एउटा होटलमा बसेको बैठकले सो सम्बन्धी निर्णय गरेको हो । प्रस्ताव गरिएको पार्टीका अध्यक्षमा माधवकुमार नेपाल सहित ९५ जनाको केन्द्रीय कमिटी हुने छ ।

प्रतिक्रिया दिनुहोस