साउनेपूर्णिमा पर्व संकेती रुपमा मनाउन हुम्ला जिल्ला प्रशासनको आग्रह

फिल्को मिसन

२०७८ भदौं ३,विहीबार
सिमकोट । जिल्ला प्रशासन कार्यालय हुम्लाले आउदै गरेको साउनेपूर्णिमा तथा जनैपूर्णिमा संकेतिकरुपमा मनाउन आग्रह गरेको छ ।
कोरोनाको जोखिमलाई ध्यानमा राखी साउनेपूर्णिमा तथा जनैपूर्णिमा लगायतका पर्व सांकेतिकरुपमा मनाउन प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले आग्रह गर्नुभएको छ ।
कोभिड–१९ को सङ्क्रमण तथा जोखिम दर उच्च रहेको स्मरण गराउँदै कार्यालयले सूचना जारी गर्दै जात्रा लगायतका पर्वहरु आयोजना गर्दा स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गर्न र सकेसम्म भिडभाड कम गराएर कुलदेवता लाई पुजा गरि मनाउन आग्रह गरेको छ । हुम्ला जिल्लामा परम्परागत रुपमा चलि आएको प्रचलन अनुसार आगामी साउने पूर्णिमा-जनै पूर्णिमामा लाग्ने मेला÷पर्वलाई जिल्लामा रहेको कोभिड–१९ को हालको अवस्था समेतलाई मध्यनजर गरी भाद्र २ गतेदेखि पञ्चमीसम्म रातको ९ बजेपछि सिमकोट बजार हिँडडुल नगर्ने र होम, पुजा, जाग्राम लगायतकाकार्यहरु पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाई सीमित उपस्थितमा मात्र संचालन गर्ने निर्णय गरेको छ ।पहिला जस्तो साउनेपूर्णिमा सबै उमेर समहले देउडा खेल्ने कार्यलाई पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी आर्चार्याले साउनेपूर्णिमा तथा जनैपूर्णिमा लगायताका देउडा खेल पर्वहरु स्वास्थ्य प्रोटोकलको पूर्ण पालना हुने गरी परम्परागत रुपमा संकेतिक तवरले मनाउन आग्रह गर्नुभएको हो । उहाँले हुम्लामा कोरोनाको जोखिम उच्च रहेकाले सबैलाई सचेत र सावधान रहन पनि सातैवटा गाउँपालिका लाई आग्रह गर्नुभयो । पछिल्लो समय हुम्लामा दिनप्रतिदिन कोरोना सङ्क्रमित थपिने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस