२४ घण्टामा थपिए ३०७५ सङ्क्रमित, ३३ जनाको मृत्यु

फिल्को मिसन

२०७८ भदौं ३,विहिबार
काठमाण्डौं । नेपालमा थप ३ हजार ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभर १६ हजार ४ सय ३८ जनामा कोरोना परीक्षण गर्दा थप ३ हजार ७५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घन्टामा सङ्क्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ४ सय २९ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप २ हजार १ सय २६ जना स्वस्थ भएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ५ सय जना रहेको छ । जसमध्ये ३७ हजार १ सय १४ जना होम आइसोलेसनमा छन् भने ३ हजार ३ सय ८३ जना संस्थागत आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस