२०७८ भदौं, ४ शुक्रबार
काठमाडौं । सरकारले आजदेखि काठमाडौँ उपत्यकामा कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गर्दैछ ।
कक्षा ११ र १२ मा अध्ययनरत साथै विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप महाशाखा प्रमुख डा. झलक शर्मा गौतमल बताए।
१८ वर्ष पूरा भएका र परीक्षाको प्रवेश पत्र भएका विद्यार्थीले खोप लगाउन पाउने उहाँले बताउनुभयो । नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या ४८ लाख १७ हजार ९ सय ८५ पुगेको छ । जसमा ३७ लाख ८ हजार ६ सय ८८ जनाले पूर्ण मात्रा लगाइसकेका छन् । गत वर्ष माघ १४ गतेबाट खोप अभियान सुरु भएको थियो ।
भदौ ४, ५ र ८ गते मंगलबार तीन दिन विहान १० बजेदेखि साँझ ५ बजेसम्म खोप लगाउने कार्यतालिका काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको छ ।
महानगरपालिकाका ३२ वटै वडाहरुमा खोप केन्द्र तोकिएको छ । खोप लगाउनका लागि थप खोप केन्द्रहरु पनि तोकिएका छन । जसअनुसार राधास्वामी आइसोलेसन सेन्टर सामाखुसी, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, बीर अस्पताल रत्नपार्क, शिक्षण अस्पताल महाराजगञ्ज, निजामति कर्मचारी (सिभिल) अस्पताल बानेश्वर, परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथली, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र बीरेन्द्र सैनिक अस्पताल छाउनी रहेका छन ।
महानगरपालिकाले नजिकका वडा तथा अस्पतालमा रहेका खोप केन्द्रहरुमा गइ खोप लगाउन अनुरोध गरेको छ । खोप लगाउन जाँदा उमेर खुल्ने प्रमाणपत्र अनिवार्य गरिएको छ