कैलाश–मानसरोवर दर्शनको लागि सदगुरु हुम्लामा (फोटो फिचर)
२०७८भद्रा,९बुधबार
सिमकोट । हुम्लाको लिमीको लाप्चा नजिकै रहेको कैलाश–मानसरोवर दर्शनको लागि सदगुरु(जग्गी वासुदेव) हुम्लामा पुगेका छन । कोरोना भाइरसकै कारण धार्मिक तथा सांस्कृतीक महत्वको कैलास मानसरोवार आवतजावत गर्न चीनीया पक्षले रोक लगाएको पछि सद्गुरु हुम्लाको लाप्चाबाटै दर्शन गर्न हुम्ला आएको हुम्लाको पर्यटक व्यवसाय विजय लामाले बताउनु भयो । पाँच हजार मिटर अग्लो स्थान हुम्लाको लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्न सकिने व्यास्था मिलाएको छ। सदगुरुका लागि प्रयोग गर्न मोटरसाइकल हवाई मार्गबाट ढुवानी तिरेर सिमकोट झारिएको पर्यटन व्यवसायी लामाले जानकारी दिए ।
लामाले भने ‘पैदल मार्ग सुरु भएपछि गुरुले ठाउँ र अवस्था हेरी मोटरसाइकलमा यात्रा गर्ने’ बताउनु भयो । कैलाश मानसरोवर सम्म कच्ची सडक खुलेपछि सडकको अवस्था हेरी मोटरसाइकलमा सदगुरु सवार हुनुहुनेछ भने त्यसपछि बीचमा बोलेरो जीपमा पनि सदगुरुलाई सवार गर्ने तयारी गरिएको छ ।’ पर्यटन व्यवसायी लामाले नेपालसमाचार पत्र दैनिक लाई जानकारी गराउनु भयो ।
लाप्चा पुग्ने यात्राका लागि १० दिनको समय व्यवस्था गरिएको छभने प्रतिदिन चार देखि पाँच घण्टा मात्र टोलीले यात्रा गर्नेछ। एघारौँ दिनमा लाप्चा पुगेर सदगुरुसहितको ५० जना धार्मिक पर्यटकहरुले मानसरोवर कैलाशको दर्शन गरेर सिमकोट फिर्ता हुने कार्यक्रम तय गरिएको छ।हिन्दु,र बौद्ध धर्मालम्बीहरुको महत्वपूर्ण तिर्थस्थल कैलास मानसरोवरको दूर दर्शनका लागि धार्मिक पर्यटकहरु हुम्लामा आउने शुर गरेका छन । हुम्लाको नाम्खा गाउँपालिका वडानं ६को लिमीको लाप्चाबाटै कैलास दर्शनको लागि २ दिनको अवधिमा १ सय ७ जना विभिन्न देशका विदेशी पर्यटक तथा स्वदेशी पयर्टक जिल्ला पुगेको सिमकोट विमानस्थल श्रोतले जानकारी दिएको छ ।
कोरोना भाइरसकै कारण धार्मिक तथा सांस्कृतीक महत्वको कैलास मानसरोवार आवतजावत गर्न चीनीया पक्षले रोक लगाएको बेलामा सद्गुरु हुम्लाको लाप्चाबाटै दर्शन गर्न हुम्ला आएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनु भयो । पाँच हजार मिटर अग्लो स्थान हुम्लाको लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्न सकिने व्यास्था मिलाएको छ।