थप २४३३ जनामा कोरोना सङ्क्रमण, २६ जनाको मृत्यु

फिल्को मिसन

२०७८ भाद्रा,१०विहीबार
काठमाण्डौं । नेपालमा थप २ हजार ४ सय ३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १४ हजार ३ सय ७४ कोरोना परीक्षण गर्दा थप २ हजार ४ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ८ लाख ३६ हजार ८ सय ८३ पुगेको छ ।
यस्तै गत २४ घन्टामा थप २६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार ६ सय ३८ पुगेको छ । मन्त्रालयको तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये १ हजार ९ सय २९ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ७ लाख ५ हजार ८ सय ९३ पुगेको छ । यस्तै हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ३ सय ८४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस