जनवादी गायक जेबी टुहुरेको निधन

फिल्को मिसन

२०७८ भाद्रा,१० विहीबार
काठमाण्डौं । जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । मस्तिष्कघात भएर वयोधा अस्पतालमा उपचारत टुहुरेको ७८ वर्षको उमेरमा आज निधन भएको अस्पतालका प्रमुख मेडिकल अफिसर डाक्टर कञ्चन कुमार गोयन्काले बताउनुभयो ।
भदौ १ गते कलंकीस्थित निवासमा बेहोस भएर लडेपछि उहाँलाई बल्खुस्थित वयोधा अस्पताल लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले उहाँलाई मस्तिष्कघात भएको बताएका थिए । टुहुरेका पत्नी सत्यदेवी, एक छोरा, चार छोरी छन् । २००१ कात्तिक १५ मा धरानको पुरानो बजारमा जन्मिनु भएका जेबीले न्याय समानता र परिवर्तनको पक्षमा उभिँदै जनमत निर्माणका लागि आफ्नो आवाज दिनुभयो ।
माले भूमिगत हुँदा सांस्कृतिक कार्यक्रममार्फत उहाँले पार्टीका कुरालाई आमजनता माझ पु¥याउनुभयो । जेबीको पूरा नाम जुठबहादुर खड्गी हो ।

 

प्रतिक्रिया दिनुहोस