जिल्ला बाहिरने हवाई यात्रुलाई परिचयपत्र अनिवार्य

फिल्को मिसन

२०७८ भाद ११ शुक्रबार
हुम्ला । सिमकोट विमानस्थलले हवाई मार्ग हुँदै जिल्ला बाहिरिने यात्रुलाई विवरण खुल्ने परिचय पत्र अनिवार्य गरेको छ । जिल्ला बाहिर जानुपर्दा यस अघि परिचयपत्र नभएपनि जान मिल्थ्यो । अबदेखि परिचय खुल्ने प्रमाण देखियो भने यात्र गर्न मिल्ने विमानस्थलका प्रमुख मोहन गिरीले बताउनु भयो । हवाई मार्ग हुँदै जिल्ला बाहिरिँदा आफ्नो परिचय खुल्ने प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने प्रावधान गरिएको र यदि उक्त व्यक्तिको कुनै विवरण नराखेमा जस्ता सुकै घटना पनि हुन सक्ने विमानस्थलका प्रमुख गिरीले बताए । विभिन्न किसमका घटनाहरू घटन थालेपछि जिल्ला बाहिरनेको विवरण एकिन नभएपछि कार्यालयले सुरक्षा निकायलाई नाम इन्ट्री गर्दा पुरा विवरण पेश गर्नु पर्ने प्रावधान ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस