व्यवसायीको चरम अटेरी, मूल्य सूची बिना व्यवसाय सञ्चालन

फिल्को मिसन

२०७८ भाद्र,११ शुक्रबार

हुम्ला । व्यवसाय सञ्चालन प्रकृयाका बारेमा थाहा भए पनि अटेरीका कारण सिमकोट बजारमा मूल्य सूची बिना व्यवसाय सञ्चालन हुने गरेको पाईएको छ ।जिल्ला प्रशासन कार्यालय र उद्योग तथा घरेलु उपभोक्ता संरक्षण कार्यालयको संयुक्त टोलीले गरेको अनुगमनमा सिमकोट बजारमा रहेका अधिकांस व्यापारी-व्यवसायीले मूल्यसूची नराखी व्यवसाय सञ्चालन गर्दै आएको पाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले पसल ,अन्य खाद्यान्न स्टोरहरु र मासुपसलकोे अनुगमन गरिएकोे बताए । राईले अनुगमनका क्रममा केही पसलहरुमा मूल्यसूची राखेको पाइए पनि उपभोक्ताले नदेख्ने ठाउँमा राखेको पाइएको बताए । विगतको तुलनामा भने धेरै सुधार भएको तर उल्लेखनीय परिवर्तन भने नभएको उनको भनाइ छ । व्यवसायीले मूल्यसूची नराखेका कारण उपभोक्ताहरु ठगिँदै आएको हुनसक्ने उनी बताउँछन् । मूल्यसूची बिना व्यापार-व्यवसाय गर्दै आएका व्यवसायीलाई तत्काल राख्न सुझाव दिएको उनले बताए । शुक्रबार सिमकोट बजारको अनुगमन गर्ने क्रममा हुम्ला उद्योग बाणिज्य सघले दुई वर्ष अगाडी दिएको पुरानै मूल्य रहेको र बाणिज्य संघले नयाँ मुल्य सूचि नदिँदा व्यवसायीले आफ्नो अनुकलताको आधारमा विभिन्न दरमा सामन विक्री गर्ने गरेको उद्योग तथा घरेलु उपभोक्ता संरक्षण कार्यालयका प्रमुख धुर्ब कुमार बाठा मगरले जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस