एकीकृत समाजवादी,पार्टी सरकारमा जाने निर्णय

फिल्को मिसन

२०७८ भाद्र।११ शुक्रबार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुने निर्णय गरेको छ ।एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकले आइतबार सरकारमा सहभागी हुने निर्णय गरेको हो ।मन्त्री चयन भने मन्त्रालय टुंगो लागेपछि मात्रै गर्ने निर्णय भएको एक नेताले बताए । ‘सत्ता साझेदार दलहरुबीच मन्त्रालय टुंगिएपछि मन्त्री चयन गर्ने निर्णय भएको छ,’ ती नेताले भने । सत्ता साझेदार दलका नेताहरुबीच एकीकृत समाजवादीले पाँच मन्त्रालय लिने भद्र सहमति भएको छ ।
माधवकुमार नेपालले २ भदौमा नेकपा एमालेबाट अलग भएर गठन गरेको एकीकृत समाजवादीले बुधबार वैधानिकता पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् ।

प्रतिक्रिया दिनुहोस