प्रभुराम शर्मा नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त

फिल्को मिसन

२०७८ भाद्र ११,शुक्रबार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी छिन् ।

सरकारको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई भदौ २४ देखि लागू हुने गरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गरेकी हुन् । नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम उनलाई भदौ २४ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । शर्मा अहिले कायममुकायम प्रधानसेनापति छन् । अहिलेका सेनापति पूर्णचन्द्र थापाले भदौ २५ गते अवकाश पाउँदैछन् । अवकाशको एक महिनाअघि बिदा बस्ने प्रचलनअनुसार थापा हाल बिदामा छन् ।

प्रतिक्रिया दिनुहोस