कांग्रेस ’राष्ट्रिय शिक्षा नीति’ सार्वजनिक, महाधिवेशनबाट पारित गरिने

फिल्को मिसन

२०७८ भाद्र।१२ शनिबार
काठमाडौं । नेपाली कांग्रेस शिक्षा विभागले ‘राष्ट्रिय शिक्षा नीति’ को प्रस्तावित प्रतिवेदन सार्वजनिक गरेको छ। शनिबार पार्टी कार्यालय सानेपामा एक कार्यक्रम गरी पार्टीको तर्फबाट राष्ट्रिय शिक्षा नीति सार्वजनिक गरेको हो ।
पार्टीको आसन्न १४ औं महाधिवेशनबाट पारित गरेपछि यस शिक्षा नीतिलाई व्यवहारमा कार्यान्वयनमा ल्याइने कांग्रेस शिक्षा विभाग प्रमुख हरिप्रसाद नेपालले बताए ।’यो राष्ट्रिय शिक्षा नीति कार्यान्वयनमा आएपछि शिक्षा सम्बन्धी विद्यमान सम्पूर्ण नीतिहरु खारेज गरी नयाँ नीति लागू हुनेछ,’ उनले भने । विभाग प्रमुख नेपालका अनुसार शिक्षा नीतिमा संविधानको मर्म बमोजिम पाँच वर्ष भित्रमा माध्यमिक तहसम्म निःशुल्क तथा १० वर्ष भित्रमा समान अवसरको शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउनुपर्ने लगायतका कुरा उल्लेख छ।

https://drive.google.com/file/d/1y0YAzZRblzK0cJR3CDnabPtRliCoruLq/view

प्रतिक्रिया दिनुहोस