हुम्लामा बढ्यो कांग्रेस महाधिवेशनको चहलपहल

फिल्को मिसन

२०७८भाद्र,१३आइतबार
हुम्ला । नेपाली कांग्रेसको १४ औं महाधिवेशन तोकिएसँगै जिल्लामा पनि चुनावी तयारी र चहलपहल शुरु भएको छ । गाउँ र नगरस्तरसम्मको निर्वाचन तालिका सार्वजनिक भएसंगै कांग्रेसले जिल्ला भरिका कार्याक्रर्ता संग आईतबार सदमुकाम सिमकोट जिल्ला समन्वय समितिको हलमा छलफल गरेको छ ।
गएको चुनावमा यहाँ प्रतिनिधीसभा र स्थानीय तहमा पराजय व्यहोरेको कांग्रेस हुम्लाले केन्द्रसँगै जिल्लामा पनि सबल नेतृत्व चयन गर्ने कार्यकर्ता र नेताहरुको भनाई छ । कांग्रेस हुम्लाका पार्टी सचिव मोहन सिँहले जिल्लामा केन्द्रबाट सर्कुलर आइसकेको बताउनु भयो । जिल्ला नेतृत्व तहका कांग्रेस नेताहरु देखि कार्याक्रताहरुमा चुनावी चहलपहल अघि बढाइरहेका छन् ।
पछिल्लो पटक केन्द्रीय समितिसँगै नेतृत्व तहले महाधिवेशनको सुनिश्चितता सहितको निर्णय गरेपछि जिल्ला जिल्लामा पार्टीको चुनावी चहलपहल बढ्न थालेको हो । कांग्रेसको संस्थापन पक्ष र इतरपक्षबाट सभापति पद लगायतको पदका लागि धेरै जनाको आकांक्षी रहेको बताएका छन ।
नेपाली काँग्रेसले आयोजन गरेको चुनावीय छलफल पार्टी सभापति जयपति रोकाया, केन्द्रिय सदस्य एवम संसदीय दल नेता जीवन बहादुर शाही,संबिधान सभा सदस्य रिता शाही,संसद रंगमति शाही लगाएतका जिल्ला स्तरका नेता जिल्ला कार्यसमिति सदस्यहरुको सहभागी थिए । यसै गरी जिल्ला स्तरका कार्यकर्ताहरु नेताहरु सदरमुकाम छोडेर गाउँ र वडामा केन्द्रित हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस