बामदेव गौतमद्वारा एमालेबाट राजीनामा

फिल्को मिसन

२०७८ भाद्र,१८ शुक्रबार
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजनीनामा दिनुभएको छ ।नेकपामा लफडा, एमाले ब्युँतिएदेखि एमालेको विभाजनसम्म आइपुग्दा प्रभावशाली नेता वामदेव गौतम कता लाग्छन् भन्ने विषयलालाई चासो पूर्व हेरिन थालिएको छ । यसअघि नेकपा भङ्ग भएपछि पार्टी एकता अभियान चलाउनुभएका नेता गौतमले एमाले विभाजन भएपछि भने नेता माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा जाने सङ्केत गर्नुभएको थियो ।

ध्यक्ष ओलीलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ, ‘म आफैँ संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईँकै गलत विचार, प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकाले आजको मितिबाट पार्टीको उपाध्यक्ष पद र पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको छु ।’

एकीकृत समाजवादी पार्टीले जनताको बहुदलीय जनवाद छोड्न नहुनेमा जोड दिँदै आउनुभएका नेता गौतम पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणासहित राजीनामा लिएर एमाले पार्टी कार्यालय थापाथलीमा पुग्नुभएको थियो । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले नेता गौतमले आज आफै उपस्थित भएर राजीनामा बुझाउनुभएको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस