राप्रपा पार्टी विस्तार: सिमकोटमा अध्यक्ष रोकाया

फिल्को मिसन

२०७८भाद्र,१९ शनिबार
हुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीको सिमकोट गाउँपालिकाको अध्यक्षमा दखल रोकाया सर्वसम्मत चयन भएका छन् । उक्त पार्टीको गाउँपालिकाको भएको अधिवेशनमा उनी सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् । राप्रपा हुम्लाले सातै वटा गाउँपालिकामा आफनो समिति विस्तार गरेको छ । पार्टीको विधान अनुसार गाउँ गाउँमा विस्तार गरिएको े राप्रपा जिल्ला नेता बिकास महतले जानकारी दिनु भयो । राप्रापाको सिमकोट गाउँपालिकाको अध्यक्षमा दखल रोकाया, उपाध्यक्षमा आइते कामी, कोषध्यक्षमा बाँचकली रावत, सचिवमा चन्द्र कुमारी रोकाया र सह–सचिवमा कमला रावत लगायत २१ सदस्यीय गाउँपालिकाको कार्य समिति चयन भएको छ । सिमकोट गाउँपालिकाका राप्रपा नेता फुन्जोक लामाको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियो । राप्रपाको जिल्ला पार्टीको भदौ २४ देखि २६ गतेसम्म जिल्ला अधिवेशन हुने सह–अध्यक्ष सुमन रावतले बताए ।

प्रतिक्रिया दिनुहोस