अमेरिकामा समुद्री आँधीबाट ४६ जनाको मृत्यु

फिल्को मिसन

२०७८भाद्र,१९ शनिबार
एजेन्सी । अमेरिकाको उत्तर पूर्वी क्षेत्रमा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ । उत्तर–पूर्वी क्षेत्रमा आएको आइडा आँधीसँगै बाढीका कारण हालसम्म ४६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अधिकारीहरुका अनुसार न्यूजर्सीमा २५, न्यूयोर्कमा १६, पेन्सीलभेनियामा ४ र कनेक्टीकटमा एक गरी ४६ जनाको मृत्यु भएको हो । आँधीमा जलवायु परिवर्तनको प्रभाव स्पष्ट भइसकेको छैन । तर, समुद्री सतहको तापक्रम बढ्दा आँधीलाई थप शक्तिशाली बनाउन भने सहयोग पुगेको छ ।
अमेरिकाको न्यूयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी ३ नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी घर भइ हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा छन् ।

प्रतिक्रिया दिनुहोस