हुम्लामा कांग्रेस अधिवेशन सम्पन्न:अधिकाँस वडामा सहमति

फिल्को मिसन

२०७८ भाद्र,१९शनिबार
हुम्ला । हुम्लामा सात गाउँपालिका ४४ वाड मध्ये नेपाली कांग्रेस हुम्लाले २३ वडा अधिवेशनले सर्वसम्मत नेतृत्व र क्षेत्रीय प्रतिनिधि चयन गरेका छन्। शुक्रबारबाट सुरु भएका वडा अधिवेशन २१ वटा वडाको भने अझै नेतृत्व छनोट हुनसकेको नेपाली काँग्रेस पार्टी जिल्ला सचिव मोहन बिक्रम सिहले बताउनु भयो ।
कांग्रेस सभापति जयपति रोकायाका अनुसार हालसम्म ९० प्रतिशत वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएको बतााए । सात वटै गाउँपालिका गरी ४४ वडा रहेको हुम्ला जिल्लामा १५ वडामा अधिवेशन शुरु भएपनि सर्वसम्मत नेतृत्व चयन हुन बाँकी रहेकोले रिजल्ट पछि आउने बताउनु भयो ,
यसरी सर्वसम्मत नेतृत्व चयन गर्नेमा नाम्खा गाउँपालिका ६ वटा वडामा ५ वटामा सिमकोटमा ८ वटा, खार्पुनाथमा ५ वटामै, चंखेलीमा ६ वटामा , अदानचुलीमा ६ वटा वडामा ताँजाकोटमा ५ वटा वडामा अधिवेशन भएर नेतृत्व चयन भएको हो। बाँकी वडामा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेको कांग्रेस केन्द्रबाट खटिएका जिल्ला निर्वाचन अधिकृत दुर्गा साप्कोटाले बताउनु भयो ।
अधिवेशनमा खटिएका मतदान अधिकृतका लाई निर्वाचन प्रक्रियाबारे अभिमुखीकरण कमिले गर्दा केहि वडामा समस्या देखियोको बताउनु भयो । नेपाली कांग्रेस हुम्लाका सबै वडामा शुक्रबार बाट वडा अधिवेशन सुरु भएको जनाएको छ। पार्टीको समन्वयमा निर्वाचन अधिकृतले वडाका सम्बन्धित विद्यालयमा कार्यरत शिक्षक संघमा आबद्ध शिक्षकलाई मतदान अधिकृतमा खटाइएको थियो।

प्रतिक्रिया दिनुहोस