गृह जिल्ला हुम्लामा कर्णजित बुढाथोकीको पार्टी विस्तार
२०७८भाद्रा २०आईतबार
हुम्लामा । गृह जिल्ला हुम्लामा कर्णजित बुढाथोकी (शुशिल)को नेतृत्वको नेकपा (माओवादी केन्द्र समाजवादी) पार्टी विस्तार गरेको छ । जिल्ला अध्यक्ष रंगमल रोकाया (क्षितीज)को संयोजकत्वमा १सय ४१ सदस्यीय आयोजक समिति गठन गरेको हो ।
शनिबार शोनिहोटलमा हुम्लामा पत्रकार सम्मेलन गर्दै नेकपा (माओवादी केन्द्र समाजवादी) ले २०७८ भाद्र १५ देखि असोज १५वडा सम्मेलन,असोज १६ देखि २० गते सम्म सातै वटा गाउँपालिका,जिल्ला सम्मेलन कार्तिक २० गते गर्ने निणर्य भएको बताएका छ । जिल्ला समितिको बैठकले केन्द्रिय पार्टीको सर्कुलर अनुसार राष्ट्रिय राजनीतिक जन परार्मश सम्मेलन र कम्युनिष्ट सम्मेलन सम्बन्धि अन्तक्रिया कार्याक्रmम घोषणा गरेको छ । पत्रकार सम्मेलनमा अध्यक्ष कर्णजित बुढाथोकीले वस्तुगत अवस्थाका कारण पार्टीको नाम परिवर्तन संगै हुम्लामा पनि वार्ता सम्बाद समितिमा प्रमुख जीवन ऐडी,आर्थिक विभाग प्रमुखमा मनोज थापा,स्कुलिङ विभाग प्रमुखमा रंगलमल रोकाया लाई जिम्मा दिएको स्पष्ट पार्नुभयो । त्यसै गरि सिमकोट र नाम्खा गाउँपालिकामा रंगलमल रोकाया,खार्पुनाथमा कालिबहादुर रोकाया,ताँजकोटमा विजय बुढा, अदनचुली गाउँपालिकामा दिनेश र चंखेली गाउँपालिकामा सुवास लाई गाउँपालिका जिम्मेवारी दिने निणर्य गरेकोे छ ।
दुई तिहाइ प्राप्त कम्युनिष्ट सरकार केपी ओली,प्रचण्ड र माधव नेपालको अदूरदर्शीता, असक्षमता र व्यक्तिगत स्वार्थकै कारण देश दक्षिणपन्थीहरुको हातमा पुगेको पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्र सामाजवादी पार्टी अध्यक्ष कर्णजित बुढाथोकी (शुशिल)को टिप्पणी गर्नुभयो ।
बुढाथोकीले ‘वैज्ञानिक समाजवाद स्थापनाको दिशामा अघि बढौं’ भन्ने नाराका साथ ७७ जिल्ला र ७ वटै प्रदेशमा समाजवादी जनजागरण अभियान शुरु भईसकेकोले बताए । आगामिदिनमा माओवादी पार्टी र बाम शक्तिसंँग कार्यगत एकता, रणनैतिक मोर्चा र पार्टी एकतासम्म पु¥याउने लक्ष्य लिएको स्पष्ट पार्नुभयो । सीमा अतिक्रमण, शिक्षा र स्वास्थ्य रोजगारको आधारभूत समस्या विकराल बन्दै गएको बुढाथोकीले तर्क थियो । राष्ट्रियता, जनतन्त्र र जनजीविका महत्वपूर्ण सवालहरुमा मोेर्चाबन्दि संर्घषका कार्यक्रम सञ्चालन गर्ने बताए । कोरोनाको महामारी, प्राकृतिक बिपत्तीको समयमा जनसेवा, राहत वितरण, स्वास्थ्य शिबिर, रक्तदान कार्यक्रम आयोजना निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।