अमेरिकाले हाम्रो जवाफ दिएन, एमसीसी पास हुँदैन : प्रचण्ड

फिल्को मिसन

२०७८भाद्र,२२मंगलबार
काठमाडौं । नेकपा माअओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पास नहुने घोषणा गरेका छन् ।मंगलबार योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी पास नहुने घोषणा गरेका हुन् ।कार्यक्रमा प्रचण्डले भने, ‘एमसीसी पास हुँदैन । हामीले यसबारे अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ, त्यसको जवाफ आएन । जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन ।’
‘ढुक्क हुनुस् राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति जनाउँदैन’ प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो । पाँच दलीय गठबन्धन सरकारको प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गराउन सक्रिय भइरहेकै बेला गठबन्धनको प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने एमसीसीबारे फरक धारणा आएको छ । एमसिसी उपाध्यक्ष फतिमा सुमार यसबारे सरकारी अधिकारीसँग छलफल गर्न नेपाल आउँदैछन् । उनी नेपाल आउनै लाग्दा प्रचण्डले एमसीसी पारित नहुने अभिव्यक्ति दिएपछि तरंग आएको छ ।
सत्ता गठबन्धनमै रहेका प्रचण्डले संसद सुरु हुने अघिल्लो दिन सो घोषणा गरेका हुन् । एमसीसी पास गर्ने लगायतका विषयमा छलफल गर्न एमसीसीकी उपाध्यक्ष फातिमा सुमार आज साँझ नै काठमाण्डु आइपुग्दैछिन्

प्रतिक्रिया दिनुहोस