भीरबाट लडेर बाजुरामा एक महिला घाइते

२०७८भाद्र,२२मंगलबार
बाजुरा। जिल्लाको बडीमालिका नगरपालिका–७ रजातोलीमा भीरबाट लडेर एक महिला घाइते भएकी छन् ।
घाइते हुनेमा सोही नगरपालिका–७ रजातोलीकी अन्दाजी ६० वर्षीय नन्दा पाध्यायको गाउँकै भाडे छडामा गाईगोरु चराउन गएका बेला घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएको आफन्त तथा नेपाली काँग्रेस बडीमालिका नगर कार्य समिति कार्य बहाक सभापति घनलाल पाध्यायले मालिका बताए ।
उनले दिएको जानकारी अनुसार गाई गोरु चराउन गएका बेला मेलामा घाँस काट्ने क्रममा भीरबाट लडेर टाउको र शरिरमा चोट लागेको सभापति पाध्यायले जानकारी दिनुभयो ।
जंगलमा भेडा वपाठा गएका रती धामीले महिला रोएको सुनेको थाहापाएपछि घटनास्थल जाँदा घाइते भएको खवरपछि महिलाका श्रीमान् सहितको टोली उपचारका लागि ल्याउन गएको पाध्यायको भनाई रहेको छ ।