संसद अधिवेशन आज शुरु : ३२ बुँदे कार्यसूची

फिल्को मिसन

२०७८भाद्र,२३ बुधबार
काठमाण्डोैं । काठसङ्घीय संसदको बैठक आज बस्दै छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबै सदनको बैठक आज बस्ने भएको छ । प्रतिनिधि सभाको बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ । मन्त्रिपरिषद्को भदौ १९ गतेको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गर्नुभएको हो ।
सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनस्र्थापना भएसँगै साउन ३ गतेबाट अधिवेशन प्रारम्भ भई साउन ३२ गते अन्त्य भएको थियो ।आज बस्ने बैठकका लागि संसद सचिवालयले ३२ बुँदे सम्भावित कार्यसूची सार्वजनिक गरेको  छ । विचाराधीन विधेयकलगायतका ‘बिजनेस’ नै अगाडि बढाउन सक्ने अवस्था नरहेपछि अधिवेशन चाँडै अन्त्य गरिएको थियो । सङ्घीय संसद्को अबको अधिवेशनमा विचाराधीन विधेयक र केही महत्त्वपूर्ण सम्झौतामा निर्णय लिनुपर्ने छ ।
प्रतिनिधि सभा विघटनपछि अघिल्लो सरकारले ल्याएको बजेटसम्बन्धी अध्यादेश पनि प्रतिस्थापन हुन सकेको छैन  । अध्यादेश जारीपछि अधिवेशन बसेको साउन ३ गतेको मितिले ६० दिनभित्र बजेटसहितका १३ अध्यादेश प्रतिस्थापन भइसक्नुपर्ने छ तर अघिल्लो अधिवेशनमा पेस भई स्वीकृतसमेत भएका छैनन् । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले बजेटसहितका १३ अध्यादेश स्वीकृतिका लागि आजको पहिलो बैठकमा नै पेस गरिने बताउनुभयो । अध्यादेश स्वीकृतको प्रस्तावलाई संसद् सचिवालयले सम्भावित कार्यसूचीमा समेत प्रकाशन गरिसकेको छ ।
अधिवेशन प्रारम्भ हुने पहिलो बैठकमा यसअघि अधिवेशन नभएको समयमा ल्याइएको दल विभाजनसम्बन्धी अध्यादेशसमेत पेस हुनेछ । प्रमुख प्रतिपक्षी नेकपा एमाले भने आफ्नो दल विभाजन गर्ने उद्देश्यबाट दल विभाजनसम्बन्धी अध्यादेश ल्याइएको भन्दै विरोध जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस