ओलीको अहंकार र दम्भले एमाले विभाजन भयो : नेता शर्मा

फिल्को मिसन

२०७८भाद्र,२३मंगलबार
हुम्ला । नेकपा (एकीकृत समाजवादी) पार्टी जिल नेता शिबराज शर्माले एमाले विभाजन गर्न अध्यक्ष केपी ओली लागेको आरोप बताएका छन् । अध्यक्ष ओलीको अहंकार र दम्भले एमाले विभाजनको अवस्थामा पुगेका बताए । पहिलो पटक पार्टीका धारणा सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा पार्टीका नेताले धारणा सार्वजनिक गरेका छन । दुई तिहाइ नजिक रहेको वामपन्थी सरकारलाई धराशायी बनाएर केपी शर्मा ओलीको अँहमताको विद्रोहस्वरूप नयाँ पार्टी एकीकृत समाजवादीका नेता शर्माले बताए । ओलीमा व्यक्तिवाद व्यक्तिवाद गुटवादमा र गुटवाद अहंकारमा परिणत भएको बताए । अर्का नेता हस्तबहादुर शाहीले व्यक्तिवादी सोच र पार्टीको नीतिविरुद्ध मनपरी रूपमा अगाडि बढ्ने ओली प्रवृत्तिकै कारण एमाले विभाजित भएको आरोप लगाए।
अध्यक्ष ओलीका कारण धर्मनिरपेक्षता, संघीयता कमजोर पार्ने काम भएको अर्का नेता हस्त बहादुर शाहीले बताए । ओलीले सरकारमा हुँदा भ्रष्टचार गर्नु भयो, भ्रष्टचारीलाई संरक्षण गरेको आरोप पनि शाहीले लगाए । ओलीको भ्रष्टाचारीलाई संरक्षण गर्ने प्रवृत्ति रहेकोले हामी इमान्दार कार्यकर्ता एकीकृत समाजवादीमा रहेको नेता लोकबहादुर हमालले बताउनु भयो । पार्टीमा कसैले आलोचना गरे त्यसका विरुद्ध प्रतिसोधमा ओली लाग्ने गरेको नेपालको आरोप छ । पार्टीलाई आधिकारिकता दिएसँगै हुम्लामा पनि नेकपा (एकीकृत समाजवादी) पार्टीले गतिविधि बढाउने उद्देश्यका साथ पत्रकार सम्मेलनको आयोजना गरिएको नेता तिर्थराज रोकायाले बताउनु भयो । नेकपा (एकीकृत समाजवादी) पार्टी हुम्ला बाट १सय १ जना जिल्ला कमिटि बनेको बताए ।

प्रतिक्रिया दिनुहोस