२४ घन्टामा कोरोना सङ्क्रमणबाट ७ जनाको मृत्यु
२०७८भाद्र,३०बुधबार
काठमाण्डौं । बितेको २४ घण्टामा १ हजार ७६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । देशभर १६ हजार ८४४ जनामा परीक्षण हुँदा काठमाडौं उपत्यकामा मात्रै ४९५ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार २२० जना सङ्क्रमणमुक्त भएका छन् । आज देशभर कोरोना सङ्क्रमणबाट ७ जनाको मृत्यु भएको छ ।
हाल देशभर २६ हजार ३०७ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये २४ हजार ६८३ जना होम आइसोलेसनमा, १ हजार ६२४ संस्थागत आइसोलेसनमा र २१८ जना क्वारेन्टिनमा रहेका छन् ।
यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ४०७ जना र भेन्टिलेटरमा १२९ जना उपचाररत छन् ।मन्त्रालयका अनुसार बुधबार देशभरबाट १ हजार २२० जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ४३ हजार ५२६ पुगेको छ । निको हुने दर ९५.२ प्रतिशत छ । पछिल्लो २४ घन्टाको अवधिमा ७ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९९१ पुगेको छ ।