सत्तारुढ गठबन्धनभित्र मन्त्रालय भागबण्डा जुटाउने जिम्मा कार्यदललाई

फिल्को मिसन

असोज १, २०७८ शुक्रबार
काठमाण्डौ सत्तारुढ गठबन्धनभित्र मन्त्रालय भागबण्डाबारे सहमति जुट्न नसकेपछि कार्यदललाई जिम्मेवारी दिइएको छ । बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनका शीर्ष नेतृत्वको बैठकमा कुन दललाई कति मन्त्रालय दिने भन्ने विषयमा सहमति जुट्न नसकेको हो। यसको टुङ्गो लगाउने जिम्मेवारी कार्यदललाई दिइएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्तारूढ गठबन्धनले यसअघि नै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वको कार्यदल बनाएको थियो।

 

प्रतिक्रिया दिनुहोस