वर्षाका कारण भारतमा १५ जनाको ज्यान गयो
असोज १, २०७८ शुक्रबार
ऐजेन्सी । भारतको उत्तर प्रदेशमा ठूलो वर्षाका कारण १५जनाको ज्यान गएको छ । केहीदिनदेखि परेको ठूलो वर्षाका कारण उत्तर प्रदेशमा केही बेपत्ता भएका भारतीय सञ्चारमाध्यमले बताएका छन । भारतको मौसम विज्ञान विभागले आज र भोलि पनि ठूलो वर्षाको सम्भावना भएकाले सावधानी अपनाउन आग्रह गरेको छ । साथै उत्तर प्रदेश सरकारले आज र भोलि दुई दिन प्रदेशका सबै स्कुल कलेज बन्द गर्न भनेको छ । लगातार पानी परिरहेकाले जोखिमलाई मध्यनजर गर्दै आज र भोलि दुई दिन स्कुल बन्द गरिएको हो ।