संविधान दिवस : हुम्लामा मनाउने तयारी

फिल्को मिसन

आश्विन १, २०७८
हुम्ला । संविधान दिवस हुम्लामा आइतबार मनाउने भएको छ । सरकारले असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रुपमा मनाउन तयारी गरे संगै हुम्लामा भव्यताका साथ मनाउने तयारी भएको छ ।
संविधान दिवस मूल समारोह जिल्ला समितिको शुक्रबा जिल्ला प्रशासन कार्यालयको प्रमुख जिल्ला अधिकारीको कार्याकक्षामा बसेको बैठकले संविधान दिवस मनाउने तयारी गरेको हो । सीमित वर्ग र क्षेत्र विशेषमा मात्रै नभइ सबैको सहभागीताका साथ दिवस मनाउने संविधान दिवस मूल समारोह जिल्ला समिति हुम्लाले बताएको छ ।
संविधान दिवस असोज ३ आईतबार विहना एयरर्पोट चोक देखि जिल्ला समन्वय समितिको कार्यालय परिसर सम्म प्रभात फेरी ,म्युजिकल चेयर खेल र मन्तव्य व्यक्ताले राख्ने निर्णय गरीएको हो । सविधना दिवसको पुर्वसन्ध्या शनिबार प्रमुख जिल्ला अधिकारी गणेश आचार्या नेतृत्वमा बजार सरसफाई गरेको जिल्ला स्थित सरकारी कार्यालय,स्थानिय पदधिकारी,चारैवटा सुरक्षा निकाया लगायतका सहभागितमा सरफाई सम्पन्न गरेको सहाय प्रमुख जिल्ला अधिकारी दशरथ राइले बताए ।

 

प्रतिक्रिया दिनुहोस