तिन वटा सीमास्तम्भ नभेटि फर्क्यो सीमा अध्ययन समितिको टोली

फिल्को मिसन

आश्विन १, २०७८
सिमकोट । नेपाल–चीन सीमा अध्ययन गर्न हुम्ला पुगेको गृह मन्त्रालयको टोली लिमी लाप्चा क्षेत्रमा रहेका सीमा स्तम्भको अध्ययन गरेर फर्किएको छ । हुम्ला खण्डका चीनसँग पर्ने उत्तरी क्षेत्रका सीमास्तम्भको अध्ययन समितिको टोली लिमी, लाप्चा र हिल्सा क्षेत्रमा रहेको सीमास्तम्भको अध्ययन गरे पनि ३, ४ र ११ नम्बर पिलरमा नपुगी फिर्ता भएको छ।
सिमकोटबाट गाडीमा लाप्चा, लिमी र लिमीबाट पैदल हिल्सासम्म पुगेको टोली शुक्रबार हेलिकप्टरबाट बाँकी तीन वटा पिलरको अध्ययन गर्ने भनिए पनि टाकुलेमा हावा लागेको कारण फिर्ता भएको हो।
प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले चीनसँगका सीमास्तम्भको सीमा अध्ययन समिति लाप्चा र हिल्सा क्षेत्रका सीमास्तम्भ अध्ययन गरे पनि ३, ४ र ११ नम्बरमा नपुगेरै टोली फिर्ता हुनुपरेको बताए। उनले संयोजक जयनारायण आचार्यको नेतृत्वमा सात सदस्यीय टोली भदौ २६ हुम्ला आएर भदौ २७ गते त्यसतर्फ लागेको थियो।पाँच हजार दुई मिटर अग्लो स्थान टाकुलेमा रहेको ११ नम्बर सिमास्तम्भ, हुम्ला खण्डमा पर्ने ३ र ४ नम्बर सिमास्तम्भ अध्यय नगरी फर्केको छ । प्रतिकूल मौसमका कारण अध्ययन गर्न नसर्किको टोलीका संयोजक आचार्यले बताउनुभयो । नाम्खा गाउँपालिका– ६ को टाकुलेमा रहेको ११ नम्बर र लाप्चा क्षेत्रमा सिमास्तम्भ नम्बर १२ पर्छ । अन्य हिल्साको किट क्षेत्रका ५ (१) र (२), ६ (१) र (२) , ७ (१) र (२), ८ (१) र (२), ९ ( १) र (२) नाम्खा –५ को हिल्सा र किट क्षेत्रमा पर्छन् । यता नाम्खा– ५ कै यारी भित्रको ह्याङ्सी क्षेत्रको याङ्जो भज्याङस्थित ३ नम्बर सिमास्तम्म रहेको छ भने सोही क्षेत्रको नुमुच्चेमा रहेको ४ नम्बर सिमास्तम्भ रहेको छ । लाप्चामा चीनले लोलुङ जोङमा बनाएको भौतिक संरचना जसको नेपाली भुमिमा भवन निर्माण गरेको भन्दै विरोध हुँदै आएको छ ।
सीमास्तम्भको अध्ययन गर्न अध्ययन समितिको टोली गत भदौ २७ गते लाप्चा गएको थियो। टोलीमा नापी विभागदेखि अन्य सम्बन्धित क्षेत्रका प्रतिनिधिहरू सहभागीहरु पुगेका थिए । सरकारले चीनसँग सीमा जोडिएको हुम्लाको नाम्खा गाउँपालिका नेपाली भूभाग अतिक्रमण भए–नभएको सम्बन्धमा टोली स्थलगत अध्ययनमा हुम्लामा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस