हुम्लामा कांग्रेसको समानान्तर कमिटी गठन

फिल्को मिसन

१५ आश्विन २०७८, शुक्रबार
हुम्ला । हुम्लाको प्रदेश निर्वाचन क्षेत्र (क)मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले समान्तर कमिटी गठन गरेको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको हुम्लामा निर्वाचन क्षेत्र नम्बर (क) मा नेपाली कांग्रेसको पार्टी भित्रको विवाद नटुंगिदै जिल्ला अधिवेशनको उद्घाटन गरेको छ । १४ औं महाधिवेशन अन्तरगत जिल्लाको सातौं अधिवेशनको एकलौटी उद्घाटन गरेको भन्दै संस्थापन इतर पक्षले असन्तुष्टि जनाएको छ ।
पौडेल समूहबाट प्रदेश (क)मा लोकेन्द्र भण्डारीको नेतृत्वमा समानान्तर कमिटी गठन भएको हो । फर्जी मतदानको विषयमा कुनै सुनुवाइ नभएको भन्दै पौडेल समूहले गाउँ, वडा र जिल्लामा पनि समानान्तर कमिटी गठन गर्ने जनाएको छ ।
मतदान अधिकृत राजबहादुर ऐडीले मनोमानी ढंगले निर्वाचन गरेपछि आफूहरुले समान्तर कमिटी बनाएको पूर्वसांसद रीता शाहीले बताइन् । ‘फर्जी मतदान गरेपछि हामीले समान्तर कमिटी बनाएका छौं,’ उनले भनिन्, ‘एकलौटी रुपमा चल्ने पार्टी हैन ।’
हुम्ला जिल्ला पूर्वपर्यटनमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीको गृह जिल्ला पनि हो । कांग्रेसको सातौं जिल्ला अधिवेशनसमेत पौडेल समूहले बहिष्कार गरेको पूर्वसांसद रिता शाहीले बताइन् ।हुम्लामा कांग्रेसको समानान्तर कमिटी गठन
हुम्लामा कांग्रेस विभाजन भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट पक्षले समानान्तर कमिटी गठन गरेसँगै हुम्लामा कांग्रेस विभाजन भएको हो । मतदान अधिकृत राजबहादुर ऐडीले मनोमानी ढंगले निर्वाचन गरेको भन्दै पौडेल समूहले समानान्तर कमिटी गठन गरेको हो ।
कांग्रेसको सातौँ जिल्ला अधिवेशनसमेत पौडेल समूहले बहिष्कार गरेको पूर्वसांसद रिता शाहीले जानकारी दिइन् । सदरमुकाम सिमकोटमा पत्रकार सम्मेलनमा बोल्दै सांसद शाहीले निर्वाचन क्षेत्र (क) प्रदेशमा फर्जी मतदान भएको दुखेसो गरिन् । फर्जी मतदान गरेपछि आफूहरूले समानान्तर कमिटी गठन गरेको सांसद शाहीको भनाइ छ । पौडेल समूहबाट प्रदेश (क) मा लोकेन्द्र भण्डारीको नेतृत्वमा समानान्तर कमिटी गठन भएको हो । फर्जी मतदानको कुनै सुनुवाइ भएन भने गाँउ,वडा र जिल्लामा पनि समानान्तर कमिटी गठन गर्न बाध्य हुने पौडेल समूहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस